+
Search

ताजा अपडेट +

पपुलर +

महावीर पुन भन्छन्– धोका दिनलाई होइन, नदिनलाई सरकार छाडेँ

पालिका लाइभ
२०८२ माघ १०, शनिबार

म्याग्दी– पूर्व शिक्षा मन्त्री महावीर पुनले अरूलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् ।

मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपमा स्पष्टीकरण दिए ।

चौतारोमा पत्रकार सम्मेलन आयोजना गरेका पुनले भने, ‘कसैले धोकेबाज पनि भनेको छ, भगौडा, मन्त्रिपरिषद्लाई धोका दिएको, जेनजीलाई धोका दिएको भनेका छन् । धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको । किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने ?’

सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको उनको भनाइ थियो ।

महावीर पुन मन्त्री पदबाट सुटुक्क राजीनामा दिएर उम्मेदवारी दर्ता गराउन म्याग्दीको निर्वाचन कार्यालय पुगेका थिए । त्यसपछि सादगी व्यक्तित्वका पुनमाथि चुनावी सरकारलाई धोका दिएर पदको लोभ गरेको आरोप लागेको थियो ।

एक व्यक्तिले सामाजिक सञ्जालमा महावीर पुनको महा पनि रहेन, वीर पनि रहेन भनेर लेखेको विषयमा पनि बोले ।

पुनले भने, ‘एकजना भाइले फेसबुकमा लेखेको देखेँ– महावीरको महा पनि हट्यो, वीर पनि हट्यो । त्यो भन्ने भाइचाहिँ एकदम नेपालको मात्रै होइन संसारमा एउटा विद्वान मान्छेमा गनिने मान्छे हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ