+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापाले भने- कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ

पालिका लाइभ
२०८२ पुष ३०, बुधबार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि उनले बताए ।

‘कांग्रेस कसैको निजी कम्पनी होइन । ठिक छ पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि । तर मलाई कारबाही गर्नुअघि एक पटक लिखित या मौखिक स्पष्टीकरण सोधिनुपर्दैन ?’, उनले भने, ‘पार्टी विभाजित भएको छैन। हामी विशेष महाधिवेशनको हलमा छौँ । हामी सत्यको पक्षमा उभिएका छौँ । हामी कसैसँग डराउँदैनौँ । जो सत्यको पक्षमा उभिन्छ, उसले मर्यादा राख्नुपर्छ । हामी सत्यको पक्षमा उभिएका छौँ, हामी जित्छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ