+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

पालिका लाइभ
२०८२ पुष २६, शनिबार

काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वीरुकुमबाट चुनाव लड्ने भएका छन्।

रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताए।

उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु।

उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आवश्यक पूर्वाधार निर्माणमा लाग्ने बताए। रुकुम पूर्व नेकपा (तत्कालीन माओवादी)को गढ मानिन्छ। गएको निर्वाचनमा माओवादीबाट पूर्णबहादुर घर्ती भारी मतले विजयी भएका थिए।

प्रचण्डले अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा दोहोर्‍याएर चुनाव लडेका छैनन्। उनले ०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट जितेका थिए।

०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं १० र सिराहा ३ बाट उठेको भए पनि काठमाडौंमा हारेर सिराहाबाट जितेका थिए।
०७४ को निर्वाचनमा पुग्दा पार्टीलाई एमालेमा गाभेर चितवन ३ बाट निर्वाचित भए।

तर ०७९ को निर्वाचनमा चितवन ३ पनि छाडेर गोरखा २ पुगे। त्यहाँ जनयुद्धका सहयात्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको साथ पाउँदा जित निकालेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ