+
Search

ताजा अपडेट +

पपुलर +

कुलमान भन्छन्- रास्वपाको एकता उज्यालो पार्टीसँग भएको हो मसँग होइन !

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २४, बिहीबार

काठमाडौं- कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आफुले अहिलेसम्म उपसभापतिको जिम्मेवारी नलिएको बताएका छन् ।

मन्त्रीपदबाट राजीनामा दिदै घिसिङले उपसभापति भनेर ‘इन्डोर्समेन्ट’ नभएको भन्दै अझै केहि विषय मिलाउन बाँकी रहेको बताएका छन् ।

घिसिङले एकताको प्रक्रियामा सबैको स्वाभिमान र आत्मसम्मान हुनुपर्ने भन्दै रास्वपासँग आफ्नो नभएर उज्यालो नेपाल पार्टीसँग भएको बताए । उनले भने- मसँग रास्वपाको एकता भएकै होइन । उज्यालो नेपाल पार्टीसँग हो ।’

घिसिङ रास्वपासँगको एकता प्रक्रियामा असन्तुष्ट रहेको संकेत गर्दै आफु उज्यालो अभियानमा सक्रिय हुने बताएका छन् ।

उनले आफुले अहिलेसम्म कुनै दलको सदस्यता नलिएको दोहोराउदै मिडियामा जे आएको भएपनि आफुले सत्य बोलेको दाबि गरे ।

मन्त्रीबाट राजीनामा दिएपछि उनले भोलिदेखि आफ्नो राजनीतिक जीवन शुरु हुने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ