+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा निर्वाचन :

उम्मेदवार छान्नमा गल्ती गरेनौँ भने रास्वपाले एक सीट पनि हार्दैन् : रवि लामिछाने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २४, बिहीबार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यकाल बाँड्दै दुई वटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने बताएका छन् ।

चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने अभियानलाई बन्द गर्ने बताए ।

उनले भने, ‘सभापति र अध्यक्ष एक एक वटा गर्दै कार्यकाल बाँड्दै, दुइटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने हो । एउटा पार्टीले अर्का पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो । चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने यो अभियानलाई बन्द गर्ने हो, यो युगलाई अन्त्य गर्ने हो ।’

पाँच वर्षको स्थायी सरकार बनाएर कहीँ कतै भागबन्डा नगरीकन पार्टीलाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने अभियानमा अघि बढेको बताए ।

उनले भने, ‘हामीले एकसेएक उम्मेदवारहरू लिएर अगाडि बढ्नु पर्ने छ । म रास्वपा परिवारमा जोडिएका साथीहरूलाई बताउन चाहन्छु, हामीले सबै तहमा ध्यान दिनुपर्ने छ । रास्वपामा जोडिने बित्तिकै म उम्मेदवार हुँ भन्दै घोषणा गर्दै हिँड्ने कामलाई हामीले बन्द गर्नुपर्छ, अब अनुशासित भएर अगाडि लाग्नुपर्छ साथी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले यस पटक उम्मेदवार छान्नमा गल्ती गरेनौँ भने रास्वपाले एक सिट हार्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ