+
Search

ताजा अपडेट +

पपुलर +

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

पालिका लाइभ
२०८२ मंसिर २२, सोमबार

काठमाडौं- सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो ।

मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।

यसैबीच काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले कार्यालयबाट १६९ जना घाइतेको वर्गीकरण गएिको जानकारी दिएका छन् ।

तीमध्ये अति गम्भीर घाइते १५, गम्भीर घाइते ५१, मध्यम घाइते ३६ र सामान्य घाइतेमा ६७ जना रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ