+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

पालिका लाइभ
२०८२ मंसिर १७, बुधबार ११:३७ गते

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।

बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरूलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए

। ‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन् । त्यस्ता पालिकाहरूलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरूको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले लेखेका छन् ।

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics