+
Search

ताजा अपडेट +

पपुलर +

कस्तो रहला आज देशभरको मौसम ?

फाइल तस्बिर
पालिका लाइभ
२०८२ मंसिर १७, बुधबार ०८:१६ गते

काठमाडौं– देशभरको मौसम आज मुख्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ।

दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो।

विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics