मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भावनामा आएर कुनै पनि कार्य नगर्नुहोस् । नयाँ निर्णय लिँदा विचार पुराएर र अनुभवी जनहरूसँग सल्लाह गरेर लिनुहोस् । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् विशेष चिसोबाट जोगिने प्रयास गरौं । कुनै पनि मादक पदार्थको सेवन नगरौँ । आलस्यलाई छोडेर कार्य गर्नुभयो भने सफलताका योगहरू छन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ साथै साझेदारी व्यापारमा समझदारी बढ्नेछ । निर्णय लिने क्षमता राम्रो देखिएको छ । शुभचिन्तकहरूको साथ पाइएला । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला । वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन् । रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्मकर्ममा सजिलै मन जानेछ । दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनत अनुसार फल प्राप्तिको योग छ । भाग्य माथि विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस् । नयाँ कामको अवसर प्राप्त भएपनि लाभ उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयमा वृद्धिका योग बनिरहेका छन् । कर्यक्षेत्रमा सक्रियता बढ्नेछ । उद्योग व्यापारमा आफ्नो नयाँ पहिचान बनाउने समय रहेको छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्चमा नियन्त्रण गर्नुहोस् । सकेसम्म नयाँ कार्यमा हात नहालौं पुरानो कार्यलाई नै निरन्तरता दिनुहोस् । कानुनी पक्ष सबल रहनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
उत्साह र उमंगमा वृद्धि रहनेछ । सकारात्मक सोच लिएर अगाडी बढ्नुहोस् सफलता मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेटघाटको योग छ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज तपाईंको बोलिनै ठूलो शत्रु बन्न सक्छ सचेत रहनुहोस् । कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस् । धनमा वृद्धि हुनेछ । अरुलाई सल्लाह दिनबाट जोगिनुहोस् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धैर्य र पराक्रममा वृद्धि हुनेछ । कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ । नयाँ इन्टरभ्यु आदिको लागि दिन राम्रो छ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक मेलजोल बढ्नाले मन प्रशन्न रहनेछ । व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति रहेको छ । कार्यक्षेत्रमा सहयोगी वर्गको मनमुटाव सुल्झिनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ ।
प्रतिक्रिया