+
Search

ताजा अपडेट +

पपुलर +

कटहरियाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पालिका लाइभ
२०८२ मंसिर १६, मंगलवार १९:५४ गते

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कटहरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहसमेत ७ जना र सरिता फाउन्डेसन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक स्तर पाँचौँ राम नरेश प्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध मुद्दा दायर भएको हो।

यसैगरी आयोगले सरिता फाउन्डेसन काठमाडौं र सरिता फाउन्डेसनका निर्देशक सरिता कुमारी साहलाई विपक्षी बनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउन्डेसनको नाममा चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा रहेको छ ।

अख्तियारले उनीहरू विरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो र कानुन अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics