+
Search

ताजा अपडेट +

पपुलर +

विदेशमा रहेका नेपालीले तीन महिनामा पठाए साढे ५ खर्ब

पालिका लाइभ
२०८२ मंसिर १६, मंगलवार ०९:०१ गते

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई  एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो ।

यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई  तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता  दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर  दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो ।

यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई  ७२ अर्ब ७८ करोड कायम भएको छ । सो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड कायम भएको छ । समीक्षा अवधिमा कूूल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics