+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा डेढ करोडको सहयोग

पालिका लाइभ
२०८२ मंसिर १५, सोमबार १९:१२ गते

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल सघाई, सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।

कम्पनीले गत भाद्र २३–२४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा देशभरका सार्वजनिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यो रकम उपलब्ध गराएको हो।

समारोहमा अध्यक्ष संघाईले भने, ‘नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जेनजी प्रदर्शनको क्रममा सार्वजनिक संरचनामा क्षति पुगेको अवस्थामा सहयोग गर्न पाउँदा हामी हर्षित छौँ। भविष्यमा पनि यस किसिमको सहयोग जारी राख्ने प्रतिबद्धता छ।’

अर्थमन्त्री खनालले नेपाल लाइफको सहयोगको प्रशंसा गर्दै भने, ‘यस किसिमको पहलले पूर्वाधार विकासमा ठुलो टेवा पुग्नेछ र आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics