काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिकबीच बैंकका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौता अनुसार आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडले बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट, डाक्टरको परामर्श शुल्कमा ३०% र प्रयोगशाला परीक्षणमा २५% सम्मको छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभरका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया