+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ एमालेको ११औं महाधिवेशनको लोगो

पालिका लाइभ
२०८२ मंसिर १४, आईतवार १५:४८ गते

काठमाडौं– नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमम अध्यक्ष  केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा  महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics