+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कार्कीको स्पष्टिकरण- कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन

पालिका लाइभ
२०८२ मंसिर १४, आईतवार १२:०६ गते

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् ।

सामाजिक सञ्जाल (फेसबुक)मार्फत लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीका टिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।’

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics