+
Search

ताजा अपडेट +

पपुलर +

सुदन गुरुङको प्रश्न- जेनजीका माग पूरा नभइकन कसरी चुनाव हुन्छ?

पालिका लाइभ
२०८२ कार्तिक २७, बिहीबार १०:५३ गते

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दाबी गर्ने जेन्जी आन्दोलनपछि चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् ।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरुसँग संविधानविद्का रुपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।

गुरुङले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’

उनले जेनजीहरुलाई मिलाउन आफू २ महिनादेखि लागेको भन्दै वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे ।

उनले चाँडै आफूले अबको योजना खुलासा गर्न लागेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics