+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा मन्त्रालयले देशैभरीका विद्यालयबाट माग्यो जग्गाको विवरण

फाइल तस्बिर
पालिका लाइभ
२०८२ कार्तिक २५, मंगलवार १९:४५ गते

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सार्वजनिक विद्यालयको जग्गाको विवरण माग गरेको छ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरलाई परिपत्र गरी हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गाको विवरण माग गरेको हो।

मन्त्रालयले यो परिपत्र यही कात्तिक १९ गतेको मितिमा गरेको छ, तर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक गरेका छन्।

‘विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण संकलन गर्ने’ भन्दै उनले सामाजिक सञ्जालमा ‘जग्गा हिनामिना भएको भनेर धेरै जिल्लाहरूबाट रिपोर्ट आएको हुनाले सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रका नाममा भएका जग्गा विवरण, तिनको भोगचलनको अवस्था र जग्गा सम्बन्धी के कस्ता समस्या छन् भनेर देशैभरिका विद्यालयबाट’ विवरण माग गरिएको बताएका छन्।

पुन शिक्षामन्त्री भएपछि त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरी अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics