+
Search

ताजा अपडेट +

पपुलर +

सरूवा:

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा, १७ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी

पालिका लाइभ
२०८२ कार्तिक २५, मंगलवार १९:२८ गते

काठमाडौं– १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेको निर्णय अनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरेर ३८ कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ७ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो ।

यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ जना कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ ।

सूची

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics