गोरखा- चर्चित गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘सल्यान कोट गाउँ चिनारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द विनोद पुवारको, एरेन्ज मिलन तिलक रोक्काको र संगीत संयोजन जी पुनको रहेको छ। भिडियोको कोरियोग्राफी कमल गुरुङले, छायांकन सुरज गेम्जाले र निर्देशन जी पुनले गरेका हुन्।
गीतले सल्यान कोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई उजागर गर्दै गाउँको सौन्दर्य र विशेषता प्रस्तुत गरेको छ। गाउँ चिनाउने उद्देश्यका साथ तयार गरिएको भिडियो सल्यान कोटका सुन्दर स्थानहरूमा छायांकन गरिएको छ।
भिडियोमा तामाङ गीत–संगीत र फिल्म क्षेत्रमा परिचित नाम सुनिता वाइबाले अभिनय र नृत्यमार्फत उत्कृष्ट प्रस्तुति दिएकी छन्। उनलाई मोडल तिलक रोक्काले साथ दिएका छन्।
गीतको म्युजिक भिडियो नेपाल दृश्य टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया