काठमाडाैं- सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।
पदीय गरिमा विपरीत होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराएपछि विवादमा परेपछि उनलाई सरकारले पदमुक्त गरेकाे हाे ।
हिजो बिहानै भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई होटलमा शपथ गराएपछि हिजो दिनभर जनकपुरधाम तनावग्रस्त भयो । तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले शनिवार विश्वासको मत लिनेक्रममा मत विभाजन प्रकृया शुरु हुनुअगावै पदबाट राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गर्दै लाई प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ ।
प्रदेश प्रमुखमा सिफारिस सुरेन्द्रलाल कर्णले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्य बनेका थिए ।
प्रतिक्रिया