+
Search

ताजा अपडेट +

पपुलर +

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार

पालिका लाइभ
२०८२ कार्तिक २४, सोमबार १६:१८ गते

काठमाडौं– नेप्सेमा आज सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२७ कम्पनिका ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जीको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४८ करोड ८८ लाख कारोबार भएको छ भने युनियन हाइड्रोको २५ करोड ७८ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics