+
Search

ताजा अपडेट +

पपुलर +

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : मुख्यमन्त्री कार्यकक्ष तोडफोड, कर्मचारीमाथि समेत कुटपिट

पालिका लाइभ
२०८२ कार्तिक २४, सोमबार १३:१७ गते

काठमाडौं– मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन्।

प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो।

तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ। तिनै कर्मचारीको टाउकोमा मुक्का हान्दै भिड जाइलाग्यो।

त्यसपछि कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाले।

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ। प्रदेश प्रमुख, मधेश भवन र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ।

अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन्।

यसमा असन्तुष्ट दलहरुले आलोचना गरिरहेका छन्। निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics