+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मुल्य तोलामा २९ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८२ कार्तिक २४, सोमबार १२:२५ गते

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics