काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ। यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधवार भने सामान्य करेक्सन भएको थियो।
बुधबार २,५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से परिसूचक यसदिन २६००.३८ अंकमा उक्लेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ। यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।
आज कुल ३१९ स्टकको ५३ हजार ११२ पट्कको कारोबार मार्फत ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको छ।
यसअघि बुधवार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको थियो।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
गुराँस लुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २३१० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने उन्नती सहकार्य लघुवित्तको शेयर पनि मूल्य प्रतिकित्ता १० प्रतिशतले नै बढेर २००२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।
प्रतिक्रिया