काठमाडौं– नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया