काठमाडौं– मुद्दती निक्षेप रकममा वाणिज्य बैंकहरुले दिने ब्याजदर घटेको छ। अधिकांश बैंकले कात्तिकका लागि ब्याजदर घटाएका हुन्।
यसअनुसार नबिलले ५.५ बाट ४.९५, माछापुच्छ्रे बैंकले ६ बाट ५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.१८ बाट ५, एभरेस्ट बैंकले ५.२५ बाट ५, एनआईसी एसियाले ६ बाट ५.७५ प्रतिशतमा झारेका छन्।
लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्डले पनि घटाएर ५ प्रतिशतमा झार्दा सानिमाले ५.१५, एनएमबीले ५, प्रभुले ४.९५, प्राइम कमर्सियलले ५, कृषि विकासले ४.९५ प्रतिशतमा झारेको छ।
केही बैंकले भने यथावत् पनि राखेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई, सिद्धार्थ, कुमारी, हिमालयनले असोजकै दरलाई निरन्तरता दिएका छन्।
प्रतिक्रिया