+
Search

ताजा अपडेट +

पपुलर +

सामाओविरुद्ध जितेमा हरेक खेलाडीले १९ लाख ५० हजार नगद पुरस्कार पाउने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन ३१, शुक्रबार १०:२० गते

काठमाडौं– आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुदैँछ । सुपर सिक्स्का दुई खेल अघि नै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ ।

अहिले नेपाल ४ खेलमा ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेपाल प्रतियोगितामा पराजित रहेको छ । त्यस्तै सामाओले भने सुपरसिक्समा खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

यो उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् ।

राष्ट्रिय खेलाडी विकास नियमावली २०७९ अनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजनबाट विश्वकपमा छनौट भएमा हरेक खेलाडीलाई १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रशिक्षकलाई ६ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकलाई ३ लाख २५ हजार र खेल संघलाई ६ लाख ५० हजार पुरस्कार दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics