+
Search

ताजा अपडेट +

पपुलर +

शीतलनिवासमा राष्ट्रपति, सरकार र जेनजीको त्रिपक्षीय बैठक

पालिका लाइभ
२०८२ आश्विन २५, शनिबार १०:२६ गते

काठमाडौं– आज राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको टोलीसँग छलफल गर्दैछन् ।

छलफलका लागि उनीहरुलाई बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन् । छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या बढेको छ ।

एक जेनजी अगुवाका अुनसार हालसम्म बैठकमा सहभागी हुनेको संख्या २२ पुगेको छ । आजको बैठकमा जेनजीका मागका सम्बन्धमा छलफल हुनेछ ।

प्रधानमन्त्री कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics