काठमाडौं- ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो ।
जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाए ।
उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए ।
रहमानले २५ बलमा ३१ रनको योगदान दिए । एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्य क्रमका ब्याटर चल्न नसक्दा स्कोर १३१ मै रोकिन पुग्यो ।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिए ।
प्रतिक्रिया