+
Search

ताजा अपडेट +

पपुलर +

क्यासिनोहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

पालिका लाइभ
२०८२ आश्विन २४, शुक्रबार १७:१८ गते

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्यासिनो लगायत संस्थालाई विदेशी विनिमय कारोबार गर्दा लाइसेन्स अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले ती संस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुमति लिएर मात्रै विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको हो ।

ऐनको दफा ३ बमोजिम विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) लिएर विदेशी विनिमय कारोबार गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी क्यासिनोलाई विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ ।

ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायत संस्थाले केन्द्रीय बैंकबाट लाइसेन्स लिएरमात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नू/गराउनू भनी केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics