+
Search

ताजा अपडेट +

पपुलर +

मलेसियाविरुद्ध नेपालको सहज जित, सिरिज २-२ ले बराबरीमा

पालिका लाइभ
२०८२ आश्विन २१, मंगलवार ११:२९ गते

काठमाडौं- नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल जितेको छ ।

मंगलबार सम्पन्न खेल नेपालले ६ विकेटले जितेको हो ।

मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २-२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधवार हुने तालिका रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics