+
Search

ताजा अपडेट +

पपुलर +

यी १८ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध, कुन सडकको अवस्था कस्तो ?

पालिका लाइभ
२०८२ आश्विन २०, सोमबार १०:३६ गते

काठमाडौं– अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ, भने अधिकांश राजमार्गहरु पनि केही सहज बन्दै गइरहेको छ । नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

प्रहरीका अनुसार कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्‍याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार नजिकै रहेको खोलाको पुलमा बाढीको प्रभाव परेकोले सिस्नेरी-काठमाडौँ सडक अवरुद्ध भएको छ ।

बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ ।

कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics