+
Search

ताजा अपडेट +

पपुलर +

सप्तकोशीमा पानीको बहाबले खतराको तह नाघ्यो, ब्यारेज हुँदै चल्ने सवारी साधान सञ्चालनमा रोक

पालिका लाइभ
२०८२ आश्विन १९, आईतवार ११:१९ गते

काठमाडौं- सुनसरी र सप्तरीको सीमा नदी सप्तकोसी ब्यारेजको पुल भएर सवारी साधन र पैदल आवतजावत बन्द गरिएको छ।

पानीको बहाब ४ लाख ८६ हजार क्युसेक नाघेपछि पुलमा आवतजावत बन्द गरिएको हो।

कोसी ब्यारेजमा गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो। यस वर्ष सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो। यसअघि सन् १९८७ मा कोसी ब्यारेजमा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो।

आज बिहान साढे १०ः३० मा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा मापन गरिएको छ। पानीको बहाब उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार पानीको बहाब बढेसँगै दुवै नहरको पानी बन्द गरिएको छ।

सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics