+
Search

ताजा अपडेट +

पपुलर +

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा ६ बजेदेखि गाडी चलाउन रोक

धादिङको जवाङ खोलामा खसेको पहिरो । फाइल फोटो
पालिका लाइभ
२०८२ आश्विन १८, शनिबार ०८:०८ गते

धादिङ– बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द भएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुला छ ।

मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुङ्गा खस्ने क्रम जारी छ । स्थानीय प्रशासनले जोखिम रहेको भन्दै सवारी आवागमन दुईतर्फी नै रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

‘चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई (बिहान ६:०० बजे बाट) चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ’ जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ ।

धादिङ र तनहुँमा रहेको सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics