+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकमले हुवावेलाई दिन लागेको बिलिङ प्रणाली ठेक्का रोकियो

पालिका लाइभ
२०८२ आश्विन ८, बुधबार १७:५३ गते

काठमाडौं- नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदसम्बन्धी टेण्डर स्थगित गरेको छ।

करिब साढे ५ अर्ब रुपैयाँको कनभर्जेन्ट रियल टाइम बिलिङ र कस्टमर सपोर्ट प्रणालीको आपूर्ति, डेलिभरी र स्थापनाका लागि वैशाख २४ गतेसम्म तोकिएको आवेदन प्रक्रिया विशेष परिस्थितिका कारण स्थगित गरिएको टेलिकमले जनाएको छ।

नयाँ मिति, समय र स्थानको जानकारी चाँडै नै आधिकारिक सूचनामार्फत सबै बोलपत्रदातालाई जानकारी गराइने टेलिकमले जनाएकाे छ ।

टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न २०८० चैतमा प्रक्रिया अघि बढाएको थियो। तर विवादका कारण २०८१ चैतमा पुन: ठेक्का आह्वान गरिएको थियो। २०८० को टेण्डरमा चार पटक म्याद थप गरिएपछि २०८१ असोज २२ गते रद्द गरिएको थियो।

चार वर्षअघिको डलरको भाउमा टेण्डर निकालिएको हुँदा भेन्डरहरू प्रस्ताव हाल्न हिच्किचाएका थिए।

गत १४ भदौमा बोलपत्रमा भाग लिएका दुई कम्पनीहरूमध्ये चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिज प्राविधिक रूपमा मात्र योग्य ठहरिएको थियो। तर हालको विषम परिस्थितिमा मूल्य खोल्ने मिति अनिश्चितकालका लागि स्थगित गरिएको छ।

टेलिकमको कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली तथा कस्टम र सपोर्ट प्रणाली खरिद प्रक्रियामा अझै सेटिङको खेल भइरहेको आशंका व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics