+
Search

ताजा अपडेट +

पपुलर +

पदाधिकारी बैठकमै नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन ७, मंगलवार १६:१९ गते

काठमाडौं– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन्।

उपमहासचिव जनार्दन शर्माका अनुसार आइतबार बसेको पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी मागेका थिए।

उनले भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने करिब दुई महिना समय हुन्छ। दुई महिनाको लागि वरिष्ठ नेता नारायणकाजीले कार्यबाहक दिनुपर्‍यो भनेर माग गर्नुभएको थियो। मैले भनेँ, दिईदिनुस् न त, दुई महिना कार्यबाहक दिएर केही बिग्रँदैन।’

शर्माले त झन् सार्वजनिक रूपमा नै प्रचण्डलाई अध्यक्ष छाड्न अनुराेध गरेका थिए।

शर्माको प्रस्तावअनुसार, महाधिवेशनसम्म वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यबाहकको रूपमा नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहितका सबै पदाधिकारी नेतृत्वमा नआउने प्रस्ताव गरिएकाे छ। हालका पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने र मंसिरमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व ल्यिनुपर्ने उनको धारणा छ। यसरी गर्दा पार्टीको साख बढ्ने उनको विश्वास छ।

उनका अनुसार पार्टीले महाधिवेशन तोकेर मात्र होइन, कार्यकर्तालाई स्वतन्त्र रूपमा आफ्नो नेता छान्ने र नयाँ विचार प्रस्तुत गर्ने वातावरण पनि बनाउनुपर्ने हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics