+
Search

ताजा अपडेट +

पपुलर +

एशिया कप सुपर फोर: पाकिस्तानमाथि भारतको सहज जित

पालिका लाइभ
२०८२ आश्विन ६, सोमबार ०८:२६ गते

काठमाडौं- भारतले जारी एशिया कपको सुपर फोर अन्तर्गतको खेलमा पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७२ रनको लक्ष्य दिएको पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा अभिषेक शर्माले सर्बाधिक ७४ रन बनाएका थिए भने शुभमन गिलले ४७ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले ३० र सन्जु सामसनले १३ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने अब्रार आयुब र फाहीम अशरफले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

पाकिस्तानका लागि शाहीबजादा फरहानले ५८ तथा सैम आयुब र मोहमद नवाजले २१-२१ रन बनाएका थिए ।

यो जितपछि भारतको सुपर फोरमा २ अंक भएको छ । अब एशिया कपको सुपर फोरमा मंगलबार पाकिस्तान र श्रीलंका खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics