+
Search

ताजा अपडेट +

पपुलर +

यूएईको कारागारमा रहेका १२० नेपालीलाई आम माफी

पालिका लाइभ
२०८२ असार ३२, बुधबार १९:५६ गते

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आम माफी दिएको छ।

इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार प्रकट गरेको छ ।

मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन् ।

गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो ।

त्यहाँको सरकारले यसअघि पनि विशेष अवसर पारेर चालचलन सुध्रिएका र गम्भीर अपराध नगरेकाहरुको सजाय मिनाह गरेर आम माफी दिने गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics