+
Search

ताजा अपडेट +

पपुलर +

युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

पालिका लाइभ
२०८२ असार ७, शनिबार १३:४७ गते

काठमाडौं- युद्धग्रस्त इरानमा रहेका नेपालीहरुको उद्धारका लागि भारतले मद्दत गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ। भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएको छ।

नेपालसँगै भारतले श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई पनि उद्धार गर्न मद्दत गर्नेछ।’

भारतीय दूतावासले नेपाली नागरिकलाई सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले सहयोग गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics