+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

पालिका लाइभ
२०८२ जेष्ठ २८, बुधबार

काठमाडौं– कुमारी बैंक लिमिटेड र काठमाडाैं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठुलो भर्‍याङले सवारी चालक अनुमत पत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारा स्थित गुर्जुधारा ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ