+
Search

ताजा अपडेट +

पपुलर +

५०० स्थानीय तह बनाउनेबारे एमालेमा छलफल, संघीयता कार्यान्वयनमा जोड

पालिका लाइभ
२०८२ जेष्ठ २६, सोमबार १७:३२ गते

काठमाडौं– प्रतिनिधि सभा सदस्य एवं एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित संघीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन् ।

स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै सङ्घीयतालाई प्रभावकारी बनाइँदै लगिने उनको भनाइ छ ।

उनले अनौपचारिक हिसाबले ५ सय स्थानीय तहको सङ्ख्या बनाउनेबारे छलफल चलिरहेको उल्लेख गर्दै यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरे ।

आर्थिक, प्रशासनिक, राजनीति रूपमा सङ्घीयता जोडिएको बताउँदै भट्टराईले आर्थिक, राजनीति रूपमा सङ्घीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको उनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics