+
Search

ताजा अपडेट +

पपुलर +

निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारी कालोपट्टीसहित आन्दोलनमा

पालिका लाइभ
२०८२ जेष्ठ २५, आईतवार १२:१३ गते

काठमाडौं– निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न दबाब दिँदै आजदेखि कालोपट्टी बाँधेर आन्दोलन थालेका छन् ।

विभिन्न राजनीति दलनिकटका कर्मचारी ट्रेड युनियनहरूको सञ्जाल संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिको आव्हानमा कर्मचारीहरूले देशव्यापी आन्दोलन सुरू गरेका हुन् ।

सञ्जालमा निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेशी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन आवद्ध छन् ।

कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन उनीहरूले विभिन्न माग अघि सारेका छन् । प्रस्तावित विधेयकका अमिल्दा र वृत्ति विकासमा असर पर्ने प्रावधान हटाएरमात्र पारित गर्न सरकार र प्रमुख दलहरूलाई कर्मचारी ट्रेड युनियनहरूले दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics