काठमाडौं– प्रतिपक्ष दलहरूको संयुक्त बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथि राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल माथि १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधबाट भएको निष्कर्ष निकालेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नयाँ बानेश्वरस्थित कार्यकक्षमा बसेको प्रतिपक्षी दलको बैठकले सो निष्कर्ष निकालेको उनले जानकारी दिए ।
सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाए पछि निकै गम्भीर रूपमा प्रश्न चिन्ह खडा भएको पनि उनको भनाइ छ ।
‘माधव नेपालविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको छ,’ उनले संक्षिप्त प्रतिक्रियामा भने ।
प्रतिक्रिया