+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक आइतबार सम्मका लागि स्थगित

पालिका लाइभ
२०८२ जेष्ठ २३, शुक्रबार १५:३४ गते

काठमाडौं- प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद बन्धक बनाएर राखेका छन् ।

भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

निरन्तरको संसद अवरोधका कारण अगामी आर्थिक वर्षको आय र व्ययको अनुमानमाथिको छलफल प्रभावित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics