+
Search

ताजा अपडेट +

पपुलर +

कुश्मामा लक्ष्मी सनराइज बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

पालिका लाइभ
२०८२ जेष्ठ २३, शुक्रबार १४:१७ गते

कुश्मा– विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक लिमिटेडको कुश्मा शाखाले आफ्नो सस्तो सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको खुरकोट पाङस्थित हिमालय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता बैंकका व्यवस्थापन समितिका अध्यक्ष दिली राम शर्माले गरेका थिए। कार्यक्रममा लालकृष्ण बास्तोला, यादव बास्तोला र रविलाल शर्मा पौडेलको गरिमामय उपस्थिति रहेको थियो, जसले कार्यक्रममा विशेष महत्व थपेको थियो।

यस वृक्षारोपण कार्यक्रममा लक्ष्मी सनराइज बैंक बागलुङ शाखाका प्रबन्धक सुवास पन्त र उनको टिमको विशेष सहभागिता रहन गएको थियो, जसले कार्यक्रमको सफल कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍यायो।

कुश्मा शाखाका प्रबन्धक अर्जुन पौडेलले वातावरण संरक्षणप्रति बैंकको दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गर्दै यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूले समुदायसँग सहकार्य गर्दै हरित सन्देश फैलाउन सघाउने विश्वास व्यक्त गरे।

विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा र बैंकका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई उत्साहजनक, प्रभावशाली र वातावरणमैत्री सन्देश दिने सफल आयोजनाका रूपमा स्थापित गराएको थियो।

नेपालका अग्रणी बैंकमध्यको लक्ष्मी सनराइज बैंकले हाल २ सय ५४ शाखा, २७ विस्तारित काउन्टर तथा ३ सय २९ एटीएम टर्मिनल मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics