+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीले भने- नागरिकता विधेयकमा के–के गर्ने हो, तर चाँडो पास गरौं

पालिका लाइभ
२०८२ जेष्ठ २३, शुक्रबार १४:०६ गते

काठमाडौं- गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन गर्न छुट्टै विधेयक आवश्यक हुने बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सकेको छ। उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए।

बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष र पूर्व अध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका पदाधिकारीसँग छलफल गरिने बताए।

बैठकमा गृहमन्त्री लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन आग्रह गरे।

‘यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौं’, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics