+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

पालिका लाइभ
२०८२ जेष्ठ २०, मंगलवार १५:०१ गते

काठमाडौं- प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो २ बजेका लागि सारिएको थियो । तर, पनि ठोस सहमति हुन नसकेको बैठक स्थगन गरिएको हो ।

विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले जेठ १५ गते बजेट भने प्रस्तुत गर्न दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics