गोरखा– सानैदेखि धेरै अग्रज कलाकारहरूको डान्स हेर्दै रमाउँदै नृत्यमा हुरुक्कै हुने र अत्यन्तै प्रभावित हुने आदत थियो कलाकार सलिना क्षेत्रीमा । हुने बिरुवाको चिल्लो पात भने झैँ सानै देखि उनको नशा नशामा नृत्यको नशा कुदेको थियो ।
आर्खेतमा जन्मिएकी सलिना सोहीअनुरूप स्कुल जीवनमा नै विद्यालयमा हुने हरेक सांस्कृतिक कार्यक्रममा आफ्नो नृत्य कला देखाउन सुरु गरिन । सुरुवाती चरण बाट नै धेरैको नजरमा पर्न सफल भइन । स्कुलका हरेक जसो प्रोग्राम सलिनाको अनिवार्य प्रस्तुति रहँदै गयो । सँगै उनले गाउँका थुप्रै थुप्रै प्रोग्राममा आफ्नो कुशल नृत्य देखाउन थालिन ।

नृत्यमा पोख्त यसको अलावा आकर्षक सुन्दर मिलेको शरीर लुक्स र स्लिम शरीर मृग नयनी आँखा पिपलपाते ओठ अनि हाइटि फिगर को पनि धनी सेक्सी एन्ड बोल्ड लुक्स नै उनी प्रतिको आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबै सङ्ग सजिलै घुलमिल हुन सक्ने उनीको विशेषता हो ।

अन्ततः उनले गाउँघरमा हुने प्रतियोगितामा समेत सहभागी भएर आफूलाई अब्बल रूपमा प्रस्तुत गरेर सबैलाई पछि पार्दै अन्ततः उनले प्रथम स्थान हासिल गरिन । र उनलाई त्यतिबेला आफ्नो सपना पुरा गरेको आभास भएको थियो । त्यहाँ बाट सुरुवात भएको उनको यात्रा गाउँमा मात्र सीमित रहेन उनले आफ्नो कलालाई र पढाइलाई पनि अझै अगाडि बढाउने सोचका साथ राजधानी काठमाडौँ आइन ।
त्यसपछि उनको चर्चा झैँ चुलियो किनकि उनले म्युजिक भिडियो टेलिसिरियलमा समेत आफूलाई कलाकारको रूपमा काम गर्न पाइन् भने आफूजस्तै अन्य डान्सर साथीहरू को समूह बनाइन र मेला महोत्सवमा राम्रो पारिश्रमिक लिएर नृत्य गर्न जान थालिन ।

यतिसम्म कि उनले लगभग १५-२० जिल्लामा पुगेर ५०-६० भन्दा माथिको सङ्ख्यामा प्रोग्राम गरिन । उनले कार्यक्रम नहुँदाको समय रुममा बसेर नै नाच्ने दिन बिताउने गरेको बताउँछिन् । धेरै बर्षनै उनको नृत्यमा र प्रोग्राम मा नै बिताउने गरेकी थिइन् । अन्ततः समय परिस्थिति सधैँ एकै नहुने उनले नेपाल छोड्ने निर्णय गरिन र अध्ययनको सिलसिलामा जापान उडिन ।
यद्यपि उनी अहिले जापानमा रहेर पनि त्यहाँ हुने नेपाली कल्चर प्रोग्राममा भने उनले आफ्नो प्रस्तुति दिँदै आएका छिन । भन्छिन् ‘नृत्य कला मेरो जीवनको सबैभन्दा ठुलो वरदान हो’ डान्सबिना म अपूर्ण रहन्छु पछि नेपाल फर्किएर पनि यही क्षेत्रमा अनवरत लाग्ने छु र भविष्यमा सफल कलाकार कोरियोग्राफर भन्ने लक्ष्य रहेको बताएकी छन् ।
प्रतिक्रिया