+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशको विरोधमा व्यवसायी आन्दोलित

सार्वजनिक यातायात बन्द हुँदा यात्रु मर्कामा, सडक सुनसान

प्रहरीले काठमाडौंका यी विभिन्न रुटमा सुरु गर्‍यो निः शुल्क बस सेवा

पालिका लाइभ
२०८२ जेष्ठ १९, सोमबार ११:५३ गते

काठमाडौं– देशभरका यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन बन्द गरेपछि यात्रुहरू मर्कामा परेका छन्।

संविधान विपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा नेपालभर सार्वजनिक यातायात ठप्प गरिएको हो।

उपत्यकाका सडकमा केही निजी सवारी साधन र फाट्टफुट्ट ट्याक्सी मात्र चलेका छन्। सधैँ व्यस्त हुने सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्। सार्वजनिक यातायात नचल्दा यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

प्रहरीले काठमाडौंका यी विभिन्न रुटमा सुरु गर्‍यो निः शुल्क बस सेवा

आन्दोलनरत व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि अलपत्र परेका यात्रुका लागि काठमाडौं उपत्यकाका विभिन्न रुटमा नेपाल प्रहरीले निःशुल्क बसे सेवा सुरु गरेको छ ।

जसमा पहिलो रुट अन्तरगत नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक र जय नेपाल सम्म रहेको छ ।

यस्तै दोस्रो रुट नक्साल–रातोपुल–गौशाला–एयरपोर्ट–कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्य विनायक–चाबहिल–सुकेधारा–चक्रपथ–टिचिङ–बालुवाटार रहेको छ ।

यातायात व्यवसायीले राइड सेयरिङसम्बन्धि कानुनको विरोध गर्दै आज देशभर सार्वजनिक यातायात बन्द गरेका छन् । यद्यपि यातायात व्यवसायी र सरकारबीच गृह मन्त्रालयमा वार्ता चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics