+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशको विरोधमा व्यवसायी आन्दोलित

गृहमन्त्री र यातायात व्यवसायीका नेताहरुबीच छलफल जारी

पालिका लाइभ
२०८२ जेष्ठ १९, सोमबार १०:१२ गते

काठमाडौं- सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबीच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो ।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् ।

सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।

उनीहरुको आन्दोलनको कारण काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।

बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics